• २०८३ बैशाख २० गते आइतवार

अवैध लागूऔषध सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १५, काठमाडौं । झापा, ९ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका-५ वालुवाथान बस्ने २६ वर्षीय बिवेक लिम्बु, सोही ठाउँ बस्ने २२ वर्षीय शौरभ राई, ईलाम चुलाचुली गाउँपालिका-४ घर भई दमक नगरपालिका-५ बस्ने ३१ वर्षीय विक्रम राई र जेम्स भन्ने ३७ वर्षीय खगेन्द्र साँवा लिम्बु रहेका छन् ।

दमक नगरपालिका-६ थाना रोडबाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिवेक र शौरभलाई प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनीहरुले उक्त लागूऔषध विक्रम र खगेन्द्रबाट खरिद गरि ल्याएको भन्ने खुल्न आएपछि विक्रम र खगेन्द्रको कोठाबाट नगद ५ लाख १४ हजार ३ सय रुपैयाँ बरामद गरी उनीहरूलाई पक्राउ गरेको थियो । साथै ईलाम चुलाचुली गाउँपालिका-४ स्थित उनीहरुको घर तलासी गर्दा बिक्रमको कोठाबाट ५ ग्राम र खगेन्द्रको कोठाबाट २ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तेस्तै  कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-४ स्थित झोलुङ्गे पुल नजिकबाट करिब ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित भिमदत्त नगरपालिका-६ ऐठपुर बस्ने २४ वर्षीय प्रबिन सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । म.१ प ८२३५ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक सिंहलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तेस्तै  पर्सा, पटेर्वासुगौली गाउँपालिका-२ गादीबाट करिब ४० केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर राक्सीराङ गाउँपालिका-५ बस्ने १९ वर्षीय सोमलाल प्रजा र सोही ठाउँ बस्ने ३९ वर्षीय बीर बहादुर प्रजा रहेका छन् । ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तेस्तै बर्दिया, गुलरीया नगरपालिका-१० रत्नापुरबाट करिब ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २० वर्षीय उमेश मल्लहालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस