• २०८३ मङ्सिर ५ गते शुक्रवार

ओली नेतृत्वको सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्‍यायो : एमाले प्रवक्ता ज्ञवाली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५, भक्तपुर । नेकपा (एमाले) का प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकलाई नयाँ उचाइमा पुर्‍याएको बताउनु भएको छ । असार १५ राष्ट्रिय धान दिवसको अवसरमामा भक्तपुरमा आयोजित रोपाईं कार्यक्रममा बोल्दै ज्ञवालीले ओली नेतृत्वको सरकारले मुलुकलाई केही वर्षमा नयाँ उचाइमा पुर्‍याएको बताउनु भएको हो ।

आफ्नै घरबाट कोही मान्छेलाई अपहरण गरेर हत्या गरिँदासमेत सुरक्षा निकायमा गएर उजुरी दिन नसक्ने र चन्दाको धम्की दिइयो भने आफैँ पोको पारेर चन्दा लगेर बुझाइदिने र कसैले मागेन भने म त ब्ल्याक लिस्टमा पो परेछु क्यार भन्ने एक खालको एउटा डरलाग्दो अवस्थामा रहेको देशलाई प्रधानमन्त्री ओली सरकारले लगातार प्रतिवाद गरेर मुलुकलाई शान्ति प्रक्रियामा ल्याएको ज्ञवालीले बताउनु भयो ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गएका केही वर्ष मुलुकले नयाँ दिशा, नयाँ उचाई र नयाँ एउटा गति प्राप्त गरेका बताउदै उहाँले युवाहरु उत्पादनमा जोडिनु पर्ने बताउनु भयो ।

Sharing

प्रतिक्रिया दिनुहोस