असार १४, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा अहिले स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा भईरहेको छ । डेनमार्कको पार्केन एरिनामा जारी खेलको पहिलो हाफ सकिदा स्पेन र क्रोएसियाले १-१ गोलको बराबरी खेलेका छन् ।

खेलमा क्रोएसियाले २० औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए । तर, खेलको ३८ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।