• २०८३ मङ्सिर ४ गते बिहिवार

बाँकेमा एसपी रानाको बिदाई पछी एसपी अधिकारीले कार्यभार सम्हाले

महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

असार १३, बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा नयाँ एसपी श्याम कृष्ण अधिकारीले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

आजै बाँकेबाट सरुवा भई जान लागेका एसपी ओमबहादुर रानालाई बिदाई गरिएको छ । एसपी रानाको प्रदेश प्रहरी कार्यालय भैरहवामा सरुवा भएको छ ।

एसपी अधिकारी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंबाट सरुवा भई बाँके आएका हुन् ।

यस्तै बाँके प्रहरीका डिएसपी मधुसूदन न्यौपानेले पनि आजै आफ्नो कार्यभार सम्हालेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस