• २०८३ जेष्ठ २० गते बुधवार

नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी आज बैठक बिहान ९ बजे बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

पछिल्लो समय एमाले एकताका लागि पार्टी अध्यक्ष ओली र एमाले नेता माधवकुमार नेपाल पक्षका बीचमा आन्तिरकरुपमा औपचारिक तथा अनौपचारिक बैठक हुदै आएकोमा पछिल्लो केही दिनयता पार्टी एकताका सम्बन्धमा आशा लाग्दो गतिविधि हुन सकिरहेको छैन । यहि विषयमा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्न लागेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस