असार ११ , काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि निवेदकतर्फका वकिलहरुको बहस जारी रह्यो । आज ३० जना वकिलहरुले निवेदक शेरबहादुर देउवा समेत १ सय ४६ जना सांसदहरुको पक्षमा बहस गर्नुभएको हो ।

निवेदक पक्षलाई निर्धारित समय बाँकी नै रहेकोले आइतबार पनि निवेदक पक्षको बहस हुने सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।