असार १० रोल्पा । सुनिलस्मृती गाउँपालिका-५ गजुल बस्ने ३८ वर्षीय डिल बहादुर घर्तिको घरबाट १ थान अवैध भरुवा बन्दुक बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
उनको घरमा हातहतियार राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले घर तलासी गर्दा कोठामा रहेको उक्त बन्दुक बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।