असार ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले विशेष अदालत–काठमाडौंमा चुडामणि शर्मा, लुम्बध्वज महत र उमेशप्रसाद ढकालविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार उनीहरु तीन जनाबाट बिगो बापत रु १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ कायम गरी आरोपपत्र दायर गरिएको छ । उनीहरूले क्षेत्राधिकार बाहिर गई वदनियतपूर्वक करदाताहरुसँग कर फछ्र्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ ।
आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘तत्कालीन कर फछ्र्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फछ्र्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी र्पुयाई बदनियतपूर्ण कार्य गरेको स९प्रमाण पुष्टि हुन आएकोराज्यलाई हानिनोक्सानी र्पुयाई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि’ हुन आएको ।
[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/06/चुडामणी-शर्मा-ढकाल-मिति-२०७८।०३।०९-1.pdf” title=”चुडामणी शर्मा ढकाल मिति २०७८।०३।०९ (1)”]