• २०८३ असार ५ गते शुक्रवार

स्रोत नखुलेको रुपैयाँ सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, महोत्तरी । मटिहानी नगरपालिका-८ स्थित सडकबाट स्रोत नखुलेको नगद ३९ लाख ८० हजार रुपैयाँ सहित धनुषा मुसहरनिया मुखियापट्टी गाउँपालिका-१ बस्ने ३८ वर्षीय संजय साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

संजयले चलाई ल्याएको अन टेष्ट लेखिएको स्कुटरलाई प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले उक्त सडकमा जाँच गर्ने क्रममा स्कुटरको डिक्कीमा स्रोत नखुलेको १ हजार र ५ सय दरका गरी उक्त रुपैयाँ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस