• २०८३ बैशाख ११ गते शुक्रवार

उरुग्वेसँग १-१ गोलको बराबरीमा रोकिएपनि चिलीले क्वाटरफाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, एजेन्सी । चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलको एरिना पन्टानलमा जारी मंगलबार भएको खेलमा उरुग्वेसँग १-१ गोलको बराबरीमा रोकिएपनि चिलीले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको २६ औं मिनेटमा एडुवार्डो भर्गासले गोल गर्दै चिलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६६ औं मिनेटमा अर्टुरो भिडालले आत्मघाती गोल गरेपछि उरुग्वे हारबाट जोगिएको हो । यस बराबरीसँगै समूह ए को चिलीले ३ खेलमा ५ अंक जोडेको छ । चिली समूहको दोस्रो स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस