असार ८, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अष्ट्रिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलको २१ औं मिनेटमा कप्तान डेभिड अल्बाको पासमा क्रिस्टोफले निर्णायक गोल गरेका हुन् । यस जितसँगै समूह ‘सी’ मा रहेका अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो ।