• २०८३ मङ्सिर ३ गते बुधवार

जातका आधारमा कोठा भाडामा नदिने घरबेटी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ६, काठमाडौं । जातीय विभेद गर्ने काठमाडौंको बबरमहलकी एक घर धनीलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँकी २४ वर्षीय रूपा सुनारलाई जातका कारण कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं बबरमहलकी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको प्रहरीले जनाएको छ । कोठा दिने कुरा गरेकी घरबेटीले पछि रुपाको थर थाहा पाएपछि कोठा दिन अस्वीकार गरेकी थिइन् । इमेज टेलिभिजनकी संचारकर्मी रुपाले त्यसपछि जातीय विभेद भएको भन्दै असार ३ गते महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस