असार ६, काठमाडौं । तारकेश्वर नगरपालिकामा पछिल्लो चौविस घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तारकेश्वर नगरपालिकामा कोरोनाको दोश्रो भेरियन्ट सुरु भएपछि हालसम्म १०५५ जना महिला र १२४९ जना पुरुष गरि कुल २३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तारकेश्वरमा पछिल्लो चौविस घण्टामा ४१ जनामा एन्टिजोन परिक्षण गरेकोमा १० जनामा पोजेटिभ देखिएको छ । तारकेश्वरमा हालसम्म १०५३ जनाले कोरोनालाई जितेका छन । नगरपालिकामा हाल १२१० जना संक्रिय संक्रमित रहेका छन ।
तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा हाल ६ जना उपचाररत छन । उक्त आईसोलेसनबाट हालसम्म २५ जना निको भएर घर फर्किएका छन । तारकेश्वर नगरपालिकामा हालसम्म कोरोनाबाट ४१ जनाको मृत्यु भएको छ ।
