• २०८३ जेष्ठ १ गते शुक्रवार

ब्राउनसुगरसहित पथरीबाट दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, मोरङ । मोरङ पथरी(शनिश्चरे नगरपालिकाबाट दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पथरी-शनिश्चरे नगरपालिका-१ सिनेमा हलछेउ बस्ने ३५ वर्षीय नारायण पनेरू र ३२ वर्षीय कृष्ण दर्नाल छन्।

मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार परियारको घरबाट १३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । उनीहरूको साथबाट लागुऔषध तौल गर्ने मेसिन पनि बरामद भएको छ। पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर अनुसन्धान थालिएको राईले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस