• २०८३ जेष्ठ ८ गते शुक्रवार

बोलिभियालाई १-० गोल अन्तरले पराजित गर्दै चिलीले पहिलो जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, एजेन्सी ।ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा चिलीले पहिलो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा बोलिभियालाई १-० गोल अन्तरले पराजित गर्दै चिलीले पहिलो जित निकालेको हो ।

खेलको दशौँ मिनेटमा एड्वार्डो भेर्गासको पासमा बेनले निर्णायक गोल गरेका हुन् । जितसँगै समूह ए को चिलीले २ खेलमा ४ अंक जोडेको छ । चिली समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा चिलीले अर्जेन्टिनासँग १-१ गोलको बराबरी खेलेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस