असार ५, एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

खेलको १३ औं मिनेटमा कप्तान लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै रोड्रिगेजले निर्णायक गोल गरेका हुन् । जितसँगै समूह ए को अर्जेन्टिनाले २ खेलमा ४ अंक जोडेको छ । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।