• २०८३ बैशाख २९ गते मङ्गलवार

ईलाका प्रहरी कार्यालय गढवाले २६ थान बढी घप्पु सहित ४ तस्कर पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, दाङ । देउखुरीको ईलाका प्रहरी कार्यालय गढवाले गए राति २६ थान बढी सालको घप्पु सहित चार जना काठ तस्करलाई पक्राउ गरेको छ । बिहबिार राति अन्दाजी १ः०० को समयमा गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित अवैध रुपमा सालको काठ चोरी निकासी भईरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा १० जना प्रहरी टोलीले उनिहरुलाई पब्राउ गरेको हो ।

कोइलाबासदेखि गढवा तर्फ आउँदै गरेको भे.१च १८२१ को बोलेरो पिकअप गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अवैध साल जातको २६ थान घप्पु ४५.४९ क्यु फिट काठ र चार जना तस्करलाई गाडी सहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेहरुमा गाडी चालक जिल्ला रोल्पा रुण्टिगढी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २१ को महेश पुन,सो स्थानमै बस्ने वर्ष २८ को बसन्त क्षेत्री,सोही वडामा बस्ने वर्ष २२ को बिनोद पुन,उक्त वडामै बस्ने वर्ष २८ को सुशिल घर्तिमगर रहेका छन । पक्राउ परेका चार जनालाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय दाङ लमहीमा बुझाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस