• २०८३ भाद्र १५ गते सोमवार

सल्यानमा नदीमा फसेका १२ जनाकै उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, सल्यान । सल्यानको शारदा नगरपालिका–६ बरलास्थित शारदा नदीको भंगालोमा फसेका १२ जनाको नै सकुशल उद्धार भएको छ । आज विहान बरलाका ३ महिला र ९ परुष सोही ठाउँको नदीको बीचमा रहेको खेतमा काम गर्न गएका थिए ।

प्रेमलाल विकको खेतमा काम गर्दै गर्दा नदीमा बहाव बढेपछि उनीहरु नदीको बीचमा फसेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता दामप्रसाद श्रेष्ठका अनुसार नदीमा फसेका १२ जनाकै सकुसल उद्धार गरिएको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धार गरेको हो । उनीहरुको अघि ७ बजेमात्र उद्धार गरिएको हो। बीचमा फसेका १२ हल गोरुको भने उद्धार हुन सकेको छैन । यता जिल्ला प्रशासन कार्यालय सल्यानले सूचना जारी गरेर अझै केही दिन पानी पर्ने प्रक्षपण भएको र जोखिम रहेको भन्दै सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस