• २०८३ जेष्ठ २० गते बुधवार

२० लाखको राहत सामाग्रीसहित राष्ट्रिय युवा संघको टोली गयो सिन्धुपाल्चोक

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ३, काठमाडौँ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको टोली करिव २० लाखको राहत सामाग्रीसहित सिन्धुपाल्चोकको मेलम्चीलगायतका बाढि पहिरो प्रभावित क्षेत्रमा गएको छ ।

दुई दिन अघि बाढी र पहिरोका कारण ठूलो मात्रामा भौतिक तथा मानविय क्षती भएको स्थान मेलम्चीको लागि संघको टोलीले राहत सामाग्री, विभिन्न स्वास्थ्य सामाग्री तथा बन्दोवस्तीका सामाग्रीहरु सहित अहिले मेलम्ची, हेलम्बु तर्फ गएको छ । उक्त टोलीलाई एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतले संघको टोलीलाई विदाई गर्नुभयो ।

एमालेका केन्द्रीय सदस्य तथा संघका इन्चार्ज महेश बस्नेतको विशेष पहलमा भक्तपुरबाट रु पाँच लाखको सामाग्री तथा अन्य विभिन्न जिल्ला तथा सहयोगी संस्थाहरुबाट संकलीत करिव रु २० लाख वरावरको राहत, स्वास्थ्य तथा वन्दोवस्तीका सामाग्रीहरु लिएर संघको टोली मेलम्ची तर्फ गएको हो । भक्तपुरबाट संकलित उक्त सामाग्रीहरु संघका संघका सचिवालय सदस्य तथा भक्तपुरका संयोजक राजु लबन्जर, दिनेश थापा, दिपेश खड्कालगायतले संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष क्षितीज थेवे, संजिव कुमार झा, असोक चौलागाई, उर्मिला सुनुवार तथा महासचिव रमेश आचार्यलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

भक्तपुरमा रहनुभएका संघका पदाधिकारी तथा जिल्ला कमिटीको तर्फबाट मृतकका परिवारलाई रु ४५ हजार नगद रकम सहित संघको जिल्ला कमिटीले करिव रु पाँच लाख वरावरको सामाग्रीहरु संघका इन्चार्ज वस्नेतद्वारा संघका अध्यक्ष पौडेललाई संघको केन्द्र्रीय कार्यालय नयाँ बानेश्वरमा हस्तान्तरण गरिएको छ । संघको केन्द्रीय निर्देशन अनुसार भक्तपुरले आफ्नो जिम्मेवारी पूरा गरेको हो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस