• २०८३ बैशाख २४ गते बिहिवार

१५ लाख ९० हजार ५ सय प्रतिबन्धित भारतीय नोट सहित ६ जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३१, काठमाडौं । एक हजार र पाँच सय दरका गरी करिब १५ लाख ९० हजार ५ सय प्रतिबन्धित भारतीय नोट सहित काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित होटल मेट्रो ईनबाट ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं स्वयम्भू बस्नेहरु धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-४ का २१ वर्षीय शम्भु परियार, दोलखा तामाकोशी गाउँपालिका-३ का २३ वर्षीय राम बिक्रम खड्का, कास्की पोखरा महानगरपालिका-५ का ४० वर्षीय सन्तोष थापा, बाग्लुङ बडिगाड गाउँपालिका-५ का ३२ वर्षीय नबिन थापा तथा काभ्रेपलान्चोक तेमाल गाउँपालिका-६ का ३६ वर्षीय राजेन्द्र तामाङ र काठमाडौं नयाँबजार बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-६ का ३७ वर्षीय धनध्वज तामाङ रहेका छन् ।

उक्त होटलमा मानिसहरु जम्मा भई नेपाल तथा भारतमा समेत कारोवार गर्न प्रतिबन्ध लगाइएको भारतीय १ हजार र ५ सय दरको नोटहरु साथमा बोकी सर्वसाधारण मानिसहरुलाई विभिन्न प्रलोभन देखाई ठगी गर्न लागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले होटलको कोठा नम्बर ६०६ मा उनीहरुलाई उक्त नोट सहित फेला पारेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस