असार २, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पुगेका छन् । उनी बिहान बसेको विपद व्यवास्थापनबारेमा बैठकमा सहभागी भएर सिन्धुपाल्चोक हिँडेका हुन् ।

गृहमन्त्रीको नेतृत्वमा स्वास्थ्यमन्त्रीसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुको बैठक बसेको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा गएको बाढीका विषयमा छलफल गर्न बसेको बैठकले उद्धार तथा राहतका बारेमा निर्णय गरेको हो ।
त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्र मेलम्ची हिँडेका छन् । सभामुख सापकोटाको प्रेसविज्ञ श्रीधर न्यौपानेका अनुसार उनी सडकमार्ग हुँदै मेलम्ची प्रस्थान गरेका हुन् । त्यहाँ उनले बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्ने जनाइएको छ ।