• २०८३ बैशाख २९ गते मङ्गलवार

पोर्चुगलको सानदार सुरुवात, हंगेरीलाई ३-० गोल अन्तरले पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, एजेन्सी । साविक विजेता पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । पुस्कास एरिनामा मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।

पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । राफायल गुइरेरोको नाममा एक गोल रह्यो । खेलको ८४ औं मिनेटमा राफायलले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । ८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता २-० को बनाए । हंगेरीका विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डोले सहजै गोल गरे । खेलको इन्जुरी समयको दोस्रो मिनेटमा राफा सिल्भाको पासलाई रोनाल्डोले गोल गर्दै पोर्चुगललाई ३-० को जित दिलाए ।

हंगेरीविरुद्ध दुई गोल गरेसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् । जितसँगै समूह एफ मा रहेको पोर्चुगलले महत्वपूर्ण ३ अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस