• २०८३ जेष्ठ ७ गते बिहिवार

पहिलो हाफमा पोर्चुगल र हंगेरीको गोलरहित बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले साविक विजेता पोर्चुगलले हंगेरीसँग प्रतिस्पर्धा गरिरहेका छन । पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा पोर्चुगल र हंगेरीले गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफमा पोर्चुगलले बल पोसेसनमा पकड जमाएको पनि क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले गोल गर्न भने सकेन । रोनाल्डोले यस खेलसँगै पाँच संस्करणको युरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडीको कीर्तिमान बनाएका छन् ।

ग्रुप अफ डेथ मानिएको समूह एफ मा रहेको पोर्चुगल आज सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ । हंगेरी पनि पहिलो खेलमा ठुला टिमलाई स्तब्ध बनाउने योजनामा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस