जेठ ३१, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)महन्थ ठाकुर– राजेन्द्रमहतो पक्षको बैठक आज बस्ने भएको छ । निर्वाचन आयोगले जसपा दुवैपक्षको निर्णयलाई आधिकारिकता नदिने निर्णय गरेसँगै अध्यक्ष ठाकुर पक्षले बैठक डाकेको हो ।

आयोगको आइतबारको बैठकले जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक–अर्कालाई कारबाही गरेको निर्णयसहित पदाधिकारी हेरफेर गर्न दिएका दुवै निवेदनलाई आधिकारिक मान्न नसक्ने निर्णय गरेपछि यो बैठक बस्न लागिएको हो ।