जेठ २८, इलाम । इलामको देउमाई नगरपालिकामा ४ मा श्रीमती हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शुक्रबार बिहान मिनेटमा भोजपुरको साबिक ओख्रे ४ घर भई विगत १ वर्षदेखि इलामको देउमाई नगरपालिका- ४ चित्रेमा तुलसिराम आचार्यको घरमा डेरा गरी बस्दै आइरहेका ४५ वर्षीय ताकबहादुर तामाङ पक्राउ परेका हुन् ।
उनले आफ्नै श्रीमती ४६ वर्षकी सुर्जामाया तामाङलाई घरायसी विवादका कारण धारिलो हतियार प्रयोग गरी घाँटीमा काटेर हत्या गरेको स्थानीयले जानकारी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले निज ताकबहादुर तामाङलाई पक्राउ गरेको जनाइएको छ । हत्यामा प्रयोग गरेको धरिलो हतियार पनि बरामद गरेर अनुसन्धान अगाडि बणाएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।