• २०८३ बैशाख २६ गते शनिवार

डोटीमा जीप दुर्घटना हुदाँ एकको मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८, डोटी । डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। धनगढीबाट कुखुराका चल्ला बोकेर बाजुरा जाँदै गरेको सु.प.प्र ०१०० च २६१५ नम्बरको जीप शुक्रबार बिहान ४ बजे दिपायल सिलगढी नगरपालिका–४ समुहगाड सडकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

मृत्यु हुनेमा जीप चालक कैलालीको धनगढी उपमहानगरपालिका(५ तारानगर घर भएका ५० वर्षीय हुकुम शाह रहेका छन । जीपमा सवार २६ वर्षीय देवीकुमारी शाह घाइते भएकी छन्। घाइते देवीकुमारी चालक शाहको आफ्नै भतिनी रहेको खुल्न आएको छ। चालकको उपचारका क्रममा शैलेश्वरी अस्पताल दिपायलमा बिहान साढे ६ बजेतिर मृत्यु भएको हो भने घाइतेको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जीप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस