जेष्ठ २६ मुगु । मुगु जिल्लाकोउत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाआर्थिक वर्ष २०७८।०७९को निति तथा कार्यक्रममा ब्युझिएको छ । गएको आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिका अध्यक्ष लोक बहादुर शाही रप्रमुख प्रशासकिय अधिकृत धान्ने बुढाको बहालमा गत वर्ष विवादमा करौडाैं रकम फ्रिज गएको अवस्थामा गाउपालिकाले यो आर्थिक वर्षमा निति तथा कार्यक्रममा जुटेको हो ।

कार्यकारी र अध्यक्षको बिबादले करिब ४ करोड बराबरको रकम फ्रिज गरेको र उक्त गाउँपालिकाले यस वर्ष समयमै काम सम्पन्न गरेर नयाँआर्थिक वर्षको निति तथा कार्यक्रममा जुटेको प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्रबहादुर मल्लले बताए । उनका अनुसार फ्रिज गएको रकमलाई तथ्य जानकारी पाउनको लागि आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेश सुर्खेतमा सिफारिस र पत्र काटेर पठाए पनि हाल सम्मकुनै पनिजानकारी नआएको बताए ।

प्रदेश सरकारले आउछ आउछ भनेर मात्र आलटाल गरेर हाल सम्मकुनै पनि सुनुवाई नगरेको अधिकृत मल्लको तर्क रहेको छ । उनका अनुसार गाउँपालिकाले गरेको कामका बारेमा जानकारी दिदैें जेठ २२ गतेको कार्यपालिकाको निर्णय अनुसार गाउपालिकाका ११ वटै वडाले वडा स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरेर अषाढ २ गतेसम्म गाउँपालिकामा पेश गर्ने र त्यस वछि विषयगत समितिमा छलफल गरेर संबिधानले तोकेकै समयमा निति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेको उनको भनाई छ । हाल सो योजनाहरु वडा बाट आउने क्रमजारी रहेको छ ।

सार्वजानिक सुचनाजारी गर्दे गाउपालिकाबन्द
जिल्लामा रहेको एक स्थानीयतहले सार्वजानिक सुचनाजारी गर्दे गाउपालिकाबन्द गरेको छ । जिल्लाको पुर्वी भेगमा पर्ने मुगुमकार्मारोग गाउपालिकाले एक सार्वजानिक सुचनाजारी गर्दे गाउपालिका बन्द गरेको हो ।
अत्यावश्यक सेवाबाहेक सबै सेवाबन्दगरिएको गाउपालिकाले जनाएको छ । गाउपालिकाको बसेको बैठकले जेठ २४ गते बसेको पालिका स्तरमा स्वास्थ्य मापदण्ड अनुगमन समितिको बैठकले गरेको निर्णयले पालिका बाट प्रवाहहुने सेवा अत्यावश्यक बाहेक जेठ २५ गते देखि ३१ गते सम्मबन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिए ।
यो सँगै जिल्लामा सञ्चालित सरकारी कार्यालय नापीकार्यालयले पनि सार्वजानिक सुचनानिकाल्दै सेवाप्रवाहबन्द गरेको छ ।