जेठ २६,काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।
मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत सात बुँदा समेटिएको ज्ञापनपत्र मङ्गलबार हस्तान्तरण गर्नुभयो । मन्त्री पौडेलले सरकारले बजेटमा समावेश गरिएका कार्यक्रमको प्रभावकारीरूपमा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका गर्नुभएको थियो ।
अनेरास्ववियुका संयोजक महरको अध्यक्षतामा उपप्रधान तथा अर्थमन्त्री पौलेललाई ७ बुँदे ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपज्ञ बुझाउने क्रममा संयोजक महरले भन्नुभयो, ‘अनेरास्ववियु केन्द्रिय कमिटी द्धारा हिजो जेठ २५ गते माननीय उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल ज्यु लाई आ. व. २०७८र७९ को बजेटमा शिक्षा सम्बन्धी गरिएको ब्यबस्थालाई कार्यान्वयन गर्न, शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण उपलब्ध गराउने नितिलाई अविलम्ब कार्यबिधी निर्माण गर्दै लागू गर्न साथै ल्यापटप किन्न रु ८०००० छिटो उपलब्ध गराउन र निशुल्क सिमकार्ड दिने ब्यबस्थाको यथासिघ्र कार्यान्वयन गर्नुपर्ने लगायतका विषयबस्तु समेटेर ७ बुँदे ज्ञापन पत्र बुझाउदै गम्भिररुपमा ध्यानाकर्षण गराउने काम सम्पन्न भएको छ । अनेरास्ववियुको आन्दोलनले स्थापित गरेको मुद्धालाई यसको सफल कार्यान्वयन गराउने र लाखौं विद्यार्थी हरु लाभान्वित हुने परिस्थिति निर्माण गर्न हामी दृढता पुर्वक लागिरहनेछौं ।

