• २०८३ बैशाख ४ गते शुक्रवार

लागुऔषधसहित दुईजना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, कञ्चनपुर। लागुऔषधसहित कञ्चनपुरमा दुई जनालाई सशस्त्रप्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट झिलमिलाको फवार्ड वेश राधाकृष्णबाट खटिएको टोलीले बेल्डाँडी नगरपालिका-३ वनकुर्मा क्षेत्रबाट वेदकोट नगरपालिका-५ का २७ वर्षीय सुरेश नेपाली र सोही ठाउँका २८ वर्षीय सन्तोष बिष्टलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगरसहित एउटा मोटरसाइकल, दुईवटा मोवाइल र नगद एक हजार सात सय रुपैयाँ पनि बरामद गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस