जेष्ठ २३, काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको महामारी र उच्च नेतृत्वको गुटगत स्वार्थ बढी हावी हुँदा फेरि पनि नेपाली काँग्रेसको गाउँरनगर अधिवेशन प्रभावित हुने देखिएको छ । फागुनको पहिलो साताबाटै हुने भनिएको १४औँ महाधिवेशन सरकारले गत पुसमा निर्वाचनको घोषणा गरेसँगै भदौको पहिलो साताका लागि सरेको थियो ।
संस्थापन पक्षले फागुनमा हुने भनिएको महाधिवेशनलाई पर धकेले पनि प्रतिनिधि सभा पुनस्र्थापनाले राजनीतिमा नयाँ मोड दियो । महाधिवेशनको समय मात्र पर स(यो र अहिले फेरि कोरोनाको दोस्रो लहरले समयमा महाधिवेशन सम्पन्न गर्न कठिन हुने भएको छ । “नेतृत्वको स्वार्थ टकरावले काँग्रेस महाधिवेशन जटिल अवस्थामा पुगेको छ,” एक जना केन्द्रीय नेताको भनाइ छ ।
विसं २०७७ फागुन ६ गते सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले २०७८ असार ५ गते गाउँरनगर वडा अधिवेशन र असार ७ गते गाउँ÷नगरपालिका अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । सोही बैठकले साउन १ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने र क्रमशः निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश अधिवेशन गर्दै २०७८ भदौको ७ देखि १० गतेसम्म केन्द्रीय महाधिवेशन काठमाडौँमा गर्ने सर्वसम्मत निर्णय गरेको थियो ।
असार ५ र ७ गते वडा र गाउँरनगरपालिकाको अधिवेशन गराउन जेठ २४ गते केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यता नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि तोकिएको छ तर कोरोनाकै कारण गाउँरनगर अधिवेशनका लागि प्रतिकूल समय देखिन थालेको छ । यो समाचार आजको गोरखापत्र दैनिकममा रहेको छ ।