• २०८३ असार ३ गते बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, बैतडी । बैतडी प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ गरेको छ । प्रहरीले २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका-६ सेलिबिजुला बस्ने १९ वर्षीय हरिश धामी र सोही ठाउँ बस्ने १९ वर्षीय बिक्रम धामीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरूले ती महिलालाई जेठ १६ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस