• २०८३ असार १ गते सोमवार

प्रदेश सांसदको गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ २१, मोरङ । नेपाली कांग्रेस प्रदेश १ की सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ भने अर्का एकजना घाइते छन् । विराटनगरको एयरपोर्ट मोडस्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

घटनामा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको बताइएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि कोसी अस्पताल पुर्याएपछि चिकित्सकले मृत्यु घोषित गरेका हुन् । घटनामा मोरङ कटहरी गाँउपालिका – २ का २७ वर्षीया राजकुमार राजवंशी घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । शर्मा र राजवंशी विराटनगर–४ स्थित न्यूएभरेष्ट फर्नीचरका मजदुर हुन् ।

ठक्कर दिने कार सांसद् कार्कीका छोरा रोविन कार्कीले चलाएको तर घटनापछि उनी फरार भएको प्रहरी स्रोतले जनाएको छ । गाडीमा कार्कीसँगै अरु दुई युवती पनि रहेको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस