जेठ १५, काठमाडौं । बिएण्डसी अस्पताल झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन् । शनिवार एक विज्ञप्ति जारी गर्दै प्रसाईले ललितपुरको मेडिसिटी अस्पतालमा कोरोना संक्रमणबाट गम्भीर बिरामी भई उपचार गराइरहेका थापाको उपचार गर्ने जनाएका हुन् ।

विज्ञप्तिमा लेखेका छन्–‘वि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटलले सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनैपनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस् भन्ने रहेकोले उपचारका क्रममा मेडिसिटी अस्पतालमा लागेको वहाँको सम्पूर्ण खर्च बि एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल बिर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गा प्रसाद प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’
विज्ञप्ती
