जेठ १३, कञ्चनपुर । प्रहरीले भिमदत्त नगरपालिका-१८ भगतपुरबाट १ ग्राम ६ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय हरि चौधरीलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
बाटोमा हिडिरहेको अवस्थामा शंका लागि उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।