• २०८३ भाद्र ८ गते सोमवार

प्रधानमन्त्रीका कदमविरूद्ध मुगुमा पाँच दल एकजुट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२,मुगु । राष्ट्रपति र प्रधानमन्त्रीका कदमविरूद्ध मुगुमा पाँच दल एकजुट भएका छन् । मंगलबार नेपाली काँग्रेस जिल्ला कार्य समिती मुगुको पाटी कार्यालयमा बसेको संयुक्त बैठकले राष्ट्रपति र प्रधानमन्त्रीका कदम संविधान विपरित भएको ठहराएको हो ।

बैठकले राष्ट्रपति र प्रधानमन्त्रीका कदमविरुद्ध जिल्लामा शसक्त विरोध गर्ने निर्णय गरेको छ । कांगे्रसका जिल्ला सभापति खड्क बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा कांग्रेससहित नेकपा ओवादी केन्द्र, नेकपा एमाले माधव–झलनाथ पक्ष, जनता समाजवादी पाटी र राष्टिय जनमोर्चाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

केपी शर्मा ओलीले प्रधानमन्त्रीको दाबी पेश गर्नको लागि सांसदहरूको नक्कली हस्ताक्षर गरेको पाँच दलको आरोप छ । ओली प्रधानमन्त्रीको कुर्सीमा बसिरहनका लागि प्रपंच रचेको पाँच दलले आरोप लगाएको छ ।

यस्तै जारी विज्ञप्तीमा प्रतिनिधी सभालाई रातारात विगठन गर्ने राष्टपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी भएको पाँच दलको ठहर छ ।

Sharing

प्रतिक्रिया दिनुहोस