जेठ १२, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा बंगालको खादीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको छ। जसका कारण हाल प्रदेश १, प्रदेश २, बाग्मती, तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।साथै बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

महाशाखाका अनुसार बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशहरुका एक वा दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमालीर उच्च पहाडी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातर वर्षा को सम्भावना रहेको छ।
महाशाखाले प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा र बाकी प्रदेशहरुका एक वा दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ।