• २०८३ असार ७ गते आइतवार

सभापति देउवाद्वारा पदाधिकारी बैठक आह्वान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलालाउनुभएको छ । बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान ९ बजेका लागि बैठक बोलाइएको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि बिहान पदाधिकारी बैठक बस्ने जानकारी दिनुभयो । पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बैठक राख्नुभएको बताइएको छ । त्यस्तै पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिहरुको बारेमा समेत छलफल हुने बताइएको छ । गत शुक्रबार १४९ जना सांसदको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका देउवा प्रधानमन्त्री नियुक्त हुनुभएन ।

Sharing

प्रतिक्रिया दिनुहोस