जेठ १०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा नेपालमा कोरोनाभाइरसका सात हजार २२० जना सङ्क्रमित थपिएको जनाएको छ । योसँगै नेपालमा कोरोनाका कुल कोरोना संक्रमित संख्या पाँच लाख २० हजार ४६१ पुगेको छ । हाल ९२४ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो चौबीस घण्टामा १९ हजार ८४६ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । हाल एक लाख १५ हजार ४४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार १३५ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म तीन लाख ९८ हजार ४८३ जना कोरोनामुक्त भइसकेका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८५ जना कोरोना सङ्क्रमितको निधन भएको जनाएको छ । थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट भएका मृत्युको संख्या छ हजार ५३१ पुगेको छ ।