• २०८३ जेष्ठ २१ गते बिहिवार

काठमाडौं उपत्यकामा थप २ हजार ८२१ जनामा संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८२१ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार उपत्यकाका ३ जिल्लामध्ये भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १ हजार ७६१ गरी कुल २ हजार ८२१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर भने ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हाल देशभर १ लाख १५ हजार ५४७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै देशभर ७ हजार ६६४ जना निको भएका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस