जेठ ७, काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भइरहेको सर्वदलीय छलफलमा सहभागी भएका छन । प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा नेता नेपाललाईको पनि सहभागी हुनुलाई अर्थ पुर्ण तरिकामा हेरिएको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव नेपाललगायत सहभागी रहेका छन् । हिजोमात्र राष्ट्रिय सभाका लागि भएके चुनावमा नेकपा एमालेका उमेद्वार पराजित भई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतको समर्थनका स्वतन्त्र उमेद्वार विजयी भइरहदा आजै यो भेटले राजनैतिक वृतमा ठुलै अर्थ राखेको छ ।