• २०८३ बैशाख १४ गते सोमवार

तारकेश्वरमा थप ७१ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ७१ जनमा कोरोना सक्रमण पुष्टि भएको छ । तारकेश्वर न.पामा ४० जना महिला र ३१ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तारकेश्वर नगर स्वास्थ्यका अनुसार आज भएको परिक्षणमा तारकेश्वरका वडाहरुमा ११ नं. वडामा १४ जना १० नं. वडामा १२ जना २ नं. वडामा १० जना, ६ नं. वडामा ९ जना, ८ नं. वडामा ७ जना, ४ र ७ नं. वडामा ५ जना, ५ र ९ नं. वडामा ४ जना र ३ न.१ जना कोरोना संक्रमित फेला परेको छ । तारकेश्वरमा हाल ४२२ जना महिला र ५३८ जना गरि ९६० जना सक्रिय सक्रमित रहेका छन् ।

कोरोनाबाट पछिल्लो चौविस घण्टामा ३ जनाको मृत्यु भएको छ । योसगैं कोरोनाबाट मृ्त्यु हुनेको संख्या २१ पुगेको छ । जसमा ९ जना महिला र ५ जना पुरुष रहेका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस