जेष्ठ ५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा आरटीपीसीआर परीक्षणमा आठ हजार १७३ जना सङ्क्रमित थपिएका छन । मन्त्रालयका अनुसार एन्टीजेन परीक्षणमा पछिल्लो चौबीस घण्टामा १०९ मा रिपोर्ट पोजेटिभ आएको छ ।
पछिल्लो चौबीस घण्टामा २४६ जना सङ्क्रमितको मृत्यु भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ९८९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् ।