• २०८३ बैशाख १४ गते सोमवार

कोरोनाबाट वडाध्यक्षको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, दाङ । दाङको दंगिशरण गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको सोमबार निधन भएको छ। बाँकेका कोरोना फोलक पर्सन तेज वलीका अनुसार ६३ वर्षीय वडाध्यक्ष चौधरीलाई वैशाख २५ गते पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण पुष्टि भए अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा सोमबार मध्यान्ह १२ बजे मृत्यु भएको हो ।

वडाध्यक्ष चौधरी वैशाख २७ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका थिए।गत स्थानीय तहको निर्वाचनमा चौधरी नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्षमा निर्वाचित भएका थिए। चौधरी नेपाल मटवा महासंघको केन्द्रीय सदस्य पनि हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस