• २०८३ बैशाख २९ गते मङ्गलवार

पर्साको तीन अक्सिजन उद्योगमा दैनिक २२ सय सिलिन्डर भर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३, पर्सा। वीरगञ्ज लगायत मुलुकभरका अस्पतालहरुमा अक्सिजनको अभाव देखिएपछि पर्सामा रहेका तीन वटा अक्सिजन उद्योगले दैनिक २२ सय सिलिन्डर भर्दै आएका छन् । पर्सामा रहेका हिमाल, मधु र नेसनल गरी ३ वटा उद्योगले अक्सिजन उत्पादन गरि दैनिक २२ सय सिलिन्डर भर्दै आएका हुन् ।

हिमाल अक्सिजनले ६ सय सिलिन्डर, नेशनल अक्सिजनले १ हजार सिलिन्डर र मधु अक्सिजन प्रालिले ६ सय सिलिन्डर अक्सिजन उत्पादन गरी भर्दै आएको उद्योगीहरुले दाबी गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो । उहाँले उद्योगीहरुले उपलब्ध गराएको तथ्याङक अनुसार हिमालले १० हजारभन्दा बढी सिलिन्डर , मधुले ४ हजार २ सय सिलिन्डर र नेसनलले १ हजार ६ सय ५० अक्सिजन सिलिन्डर बजारमा वितरण गरेको जानकारी दिनुभयो ।

अस्पतालहरूबाट समयमा सम्बन्धित उद्योगहरूमा अक्सिजन भर्ने खाली सिलिन्डर फिर्ता नजाने र उद्योगहरूबाट अस्पताल तथा आइसोलेसन सेन्टरसम्म सिलिन्डर ल्याउने र पु¥याउने नै मुख्य समस्या रहेको बताउदै उहाँले भन्नुभयो ‘अक्सिजन नियमित उत्पादन र त्यसको चुस्त दुरुस्त वितरण प्रणाली भए यस भेगमा अक्सिजन सिलिन्डरको अभाव हुँदैन बिरामीले अक्सिजनको अभावमा अकालमै ज्यान गुमाउनु पर्दैन ।’अस्पतालले अक्सिजन ओसारपसार गर्ने पर्याप्त कर्मचारी नखटाई अक्सिजन उद्योगकै कर्मचारीमाथि अक्सिजन ओसारपसार गर्ने जिम्मेवारी थपिदिएकाले अक्सिजनको सहज आपूर्ती हुन नसकेको बताईन्छ ।

अस्पतालमा अक्सिजन ढुवानी गरेर लैजाने उद्योगका कर्मचारीको स्वास्थ्यको ध्यान अस्पतालले नदिएको र आईसीयू कक्षबाट सिलिन्डर फिर्ता ल्याउँदा कोरोना सङ्क्रमण फैलिने त्रासले अक्सिजन उद्योगका कर्मचारीहरुबाट अस्पतालमा खाली भएका सिलिन्डर ल्याउन लैजान समस्या भएको उद्योगीको दाबी छ । अस्पतालले कुनै प्रकारको स्वास्थ्य सुरक्षा उपकरण अक्सिजन उद्योगका कर्मचारीहरुलाई उपलब्ध नगराउँदा संक्रमित हुने त्रासले समस्या उत्पन्न भएको आरोप उद्योगीहरुको छ ।नेशनल अक्सिजन प्रालि बहुअरीका सञ्चालक डा अबुलहैस अन्सारी र मधु अक्सिजन प्रालिका सञ्चालक रामबाबू रौनियारले खाली सिलिन्डर उद्योगसम्म ल्याउन र भरेका सिलिन्डर अस्पताल , आइसोलेसन सेन्टर तथा होमआईसोलेसनमा पु(याउन समस्या रहेको बताउनुहुन्छ ।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर वीरगञ्जले मारवाडी सेवा ट्रस्ट वीरगञ्जको सहकार्यमा २ सातादेखि निःशुल्क रूपमा बिरामीलाई घरघरमै अक्सिजन सिलिन्डर वितरणको व्यवस्था मिलाएको छ भने वीरगञ्ज महानगरपालिकाले अक्सिजन बैंक स्थापना गरेर खालि सिलिन्डर दिएर भरेको सिलिन्डर उपलब्ध गराउने गरेको छ । त्यस्तैगरी कुनै अस्पतालमा अक्सिजन कमि भएमा अस्पतालमै अक्सिजन भरिएका सिलिन्डर पु¥याउने व्यवस्था महानगरले गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस