• २०८३ असार १७ गते बुधवार

डोटीमा एमाले प्रदेश कमिटी सदस्यको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३०, डोटी । कोरोना भाइरसका कारण नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी तथा डोटीको शिखर नगरपालिका–३ का युवानेता लालबहादुर कठायतको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार केही दिन पहिले कोरोना सङ्क्रमण भई थप उपचारका लागि कैलाली लगिएका नेता कठायतको आज बिहान मृत्यु भएको हो ।

लामो राजनीतिक इतिहास बोकेका कठायत जिल्लामा निडर, साहसी तथा मिलनसार युवानेताका रूपमा चिनिँदै आएका थिए । उनको मृत्युले सि¬ङ्गो नेकपा एमाले डोटीसहित प्रदेश कमिटी स्तब्ध भएको एमालेका जिल्ला अध्यक्ष रामबहादुर ऐरले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस