वैशाख २८, झापा । गोरुको मासु बेचबिखन गरेको अभियोगमा प्रहरीले झापाबाट २ जनालाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोर रहेका छन ।
उनीहरुले कोठाभित्र गोरुको मासु बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई मासु काटी रहेको अवस्थामा १५ किलो ५ सय ग्राम गोरुको मासु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।