• २०८३ असार ८ गते सोमवार

पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोा संक्रमण मुक्त हुनुभएको छ । २ दिनअघि पुनः स्वाब परीक्षण गराउदाँ रिपोर्ट नेगेटिभ आएको हो ।स्वाव रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ ।

यस्तै पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा भने लगातार सुधार भइरहेको छ । कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई त्यसको केही दिनदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ । पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस