• २०८३ बैशाख ३ गते बिहिवार

सगरमाथा  शिविरबाट फर्केका थप ४ जनामा कोरोना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८,सोलुखुम्बु। सगरमाथा आधार शिविरबाट फर्किएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले बताइन् ।

सगरमाथा आधार शिविरमा पुगेका उनीहरु लक्षण देखिएपछि आइतबार लुक्ला झरेका थिए । सोमबार एण्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।

पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहीमा भने कोरोना संक्रमण देखिएको छैन । शिखरतर्फ जान तयारी अवस्थामा रहेका आरोही र उनीहरुका सहयोगीले स्वास्थ्यको मापदण्ड पालना गरेकाले पनि कोरोनाको कुनै प्रभाव नरहेको उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस