वैशाख २७, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई तीन दिनभित्र दाबी पेश गर्न आहृवान गर्नुभएकाे हाे ।
नेपालकाे संविधानको धारा ७६ (२) अनुसार संसदमा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने संसद सदस्यलाई बैशाख ३० गते बिहिबार बेलुका ९ बजे भित्र नेपालकाे प्रधानमन्त्री पदमा नियुक्ती गर्ने प्रयाेजनका लागि राष्ट्रपती समक्ष पेश गर्न भनिएकाे छ ।
