• २०८३ बैशाख १९ गते शनिवार

कोरोना संक्रमणबाट बाजुराका वडाध्यक्षको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २६, बाजुरा । बाजुरामा एक जना वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बडिमालिका नगरपालिका-९ का वडाध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो ।

बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालका अनुसार विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउनु भयो । उहाँका अनुसार थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा वडा अध्यक्ष विकको मृत्यु भएको हो । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका बिक पार्टीको जिल्ला कमिटी सदस्य पनि थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस